FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ असोज, काठमाडौं । पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् ।

बुधबार राजधानीकमा भएको विमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरुलाई उजागर गरेको र त्यसको निकासका लागि खम्बु चन्दद्वारा लिखित समाजवादी क्रान्तिको मार्गचित्रले निकासको आधार दिएको धारणा राखे ।

आत्मनिर्भर बन्दै गएको नेपाली अर्थव्यवस्थालाई विदेशीहरुले योजनावद्ध परनिर्भर बनाउन सफल भएको विषयलाई लेखक सिंहले गहन तरिकाले पुस्तकमा समेटेको ओलीले धारणा राखे ।

‘नेपालमा डा.रमशरण महतको मुख्य भूमिकामा नवउदारवादलाई भित्राएर नवऔपनिवेशिक दलाल पुँजीवादमार्फत देशको अर्थतन्त्र ध्वस्त पारियो, पहिला हेटौंडादेखि काठमाडौंको रोप वे काटियो, ट्रली बस बन्दलगायतका सबै उद्योगधन्दा बन्द गरियो तर त्यसलाई रोक्न कम्युनिस्टहरु सक्षम भएनन्,’ ओली भने ।

प्राडा सुरेन्द्र केसीले दुबै जनाले लेखेका पुस्तक निकै नै उत्कृष्ट रहेको धारणा राखे । यी पुस्तकहरुमा कसैलाई गालिगलौज आरोप–प्रत्यारोप भन्दा पनि समस्यालाई समाधानमा जोड दिएको भन्दै सकारात्मक धारणाको विकास गर्न खोजेको उनको कथन छ ।

‘प्रचण्ड–बाबुरामको पुस्ताले मुख्य समय गालिमा विताए, त्यसपछिको पुस्ता झन बढी गालि सिरोमाणी बने तर पूर्ण सिंहहरुको पुस्ताले ‘दोसारोपँण’ भन्दा निकासलाई जोड दिने संस्कारको विकास देख्दा आशा पलाएको छ,’ केसीले भने ।

नेकपा (बहुमत)का महासचिव उदयबहादुर चलाउने ‘दिपक’ले नेपालका कम्युनिस्ट पार्टीहरुले समाजवादी क्रान्ति सम्पन्न गर्ने महत्वपूर्ण अवसर गुमाएको दाबी गरे ।

देशलाई नवऔपनिवेशिक दलालपुँजीवादले ध्वस्त पारेको र त्यसको विकल्प समाजवाद भएको उनले बताए । लेखकद्वय पूर्णबहादुर सिंह र खम्बु चन्दले नेपाली कम्युनिस्ट आन्दोलनको समिक्षा र निकासको लागि नयाँ वैचारिक आधार पुस्कतमार्फ प्रस्तुत गरेको चलाउने जनाए ।

नवऔपनिवेशिक दलालपुँजीवादका लेखक सिंहले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति मुख्य समस्या रहेको बताए ।

नेपाली कम्युनिस्ट स्कुलको पनि समिक्षा गर्नुपर्ने उनको धारणा छ । उनले अमुख पार्टी र अमुख व्यक्तिले एकअर्कोलाई विरोधका नाममा विरोध गर्ने विषयले समाजवादसम्म पुग्ने बाटो कमजोर भएको र यसको गम्भीर समिक्षा गर्न जरुरी रहेको बताए ।

‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तकका लेखक खम्बु चन्दले नेपालको कम्युनिस्ट आन्दोलन टुटफूट, विभाजन र असफलताको कारण खोज्ने प्रयास गरेको बताए ।

प्रचण्ड, किरणहरुलाई दोष दिएर आफू क्रान्तिकारी बन्ने होडबाजीले आन्दोलन कमजोर भएको उनको भनाई छ । आजको समयमा आन्दोलन धरासायी हुनुको मुख्य कारण खोज्नुपर्ने चन्दको धारणा छ ।

अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष मिलन राईले नेपाली कम्युनिस्ट आन्दोलन असफल हुनुमा नेता र नेतृत्वको एकाधिकार व्यवहार र सोच मुख्य दोषी रहेको धारणा राखे । राईले समाजवादी क्रान्ति सफल गर्न सांगठनिक स्वरुप, नेतृत्वको शैली, समयअनुसारको दक्षता र आन्दोलनको स्वरुप पनि बदल्नुपर्ने धारणा राखे ।

अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद थापाले नेपाली जनता र माटोले क्रान्ति खोजेको र त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै, अबको क्रान्तिकारी कार्यदिशाका लागि दुबै लेखकले पुस्तकमार्फत बाटो पैल्याएको धारणा राखे ।

समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतमले नेपालको जनवादी क्रान्ति सम्पन्न गर्न सबै कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ साहित्यकार रामेश्वर राउतले पठन संस्कृति लोप हुँदै गएको बेला समरजङ्ग र खम्बु चन्दले महत्वपूर्ण कृति प्रकाशन गरेर पठन संस्कृतिको विकासमा टेवा पुर्याएको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय