FLASH NEWS
आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही ।

२६ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदीमा बाढीको जोखिम बढेपछि तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गोरखाको सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन्।

गृहमन्त्री गुरुङले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरमा लेदोसहितको बाढी पसेको जानकारी दिएका छन्। नदीको बहावसमेत निरन्तर बढिरहेको भन्दै उनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन्।

गृहमन्त्री गुरुङले धैर्य राख्न र सुरक्षित रहन आग्रह गर्दै आपत्कालीन सहायताका लागि गृह मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय