FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

१० कात्तिक, विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

आइतबार दिउँसो भोजपुरबाट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गर्दा अरुण र दूधकोशी दोभानमा दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको थियो भने तिन वेपत्ता भएका छन् ।

ज्यान गुमाउनेमा सुनसरीकी लिला राई र आर्या राई र भोजपुरका रत्नबहादुर नेपाली रहेका छन् ।

घटनाप्रति मन्त्रिपरिषद्ले दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पणका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिको उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

मन्त्री शेर्पाका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय