FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

११ कात्तिक, हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् ।

उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका थिए । यसक्रममा उनले भने,“राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ ।” नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए ।

सो अवसरमा उनीले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता समेत जनाए ।

सांसद सांसद साम्पाङ को यहाँको भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ । उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उहाँले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए ।

उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ । यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय