FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।
 १८ कात्तिक, काठमाडौँ ।  नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गरे ।
प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याए  । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उनले भने ।
उनले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गरे  । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निश्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे  ।
आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गरेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय