FLASH NEWS
लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले चुम्यो उपाधि । नेपाल प्रिमियर लिग: लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य । नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार गर्न ओलीको निर्देशन । जुम्लामा श्रीमानको कुटपिटबाट २० वर्षीया महिला गम्भीर घाइते, श्रीमान् प्रहरी नियन्त्रणमा । अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत । फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस । एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै । यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना । ‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला ।

५ मङ्सिर, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ ।

कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो ।

पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।

लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ ।

सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय