५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ। टस हारसँगै साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।
सुदूरपश्चिमले फाइनलका लागि टोलीमा एक परिवर्तन गरेको छ। थरिन्दु रत्नायकेको स्थानमा सैफ जैब पहिलो रोजाइमा खेल्दैछन्। लुम्बिनीले भने पहिलो क्वालिफायर खेलेकै टोलीलाई निरन्तरता दिएको छ।
लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्दै च्याम्पियन बन्ने लक्ष्यमा छ। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने उपाधि खडेरी तोड्दै पहिलो पटक एनपीएल च्याम्पियन बन्ने प्रयासमा छ।








