नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताएका छन् । नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्बोधन गरेका बस्नेतले वर्तमान सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाए ।
उनले लोकतन्त्रलाई सही बाटोमा ल्याउन तथा भ्रष्टाचार, अनियमितता, घुसखोरी, तस्करी र सरकारी संयन्त्रमा रहेको भनिएको सेटिङविरुद्ध पार्टीले आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।
उनले आन्दोलन घोषणा भएपछि नेशनल भोलिन्टियर फोर्ससहित एमालेका युवा सङ्गठनहरू अग्रपङ्क्तिमा उत्रिने दाबी गरे ।








