८ मंसिर, काठमाडौं । मंगलबार शेयरबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता शेयर किनबचे भएको छ ।
यो किनबेचबाट ५ अर्ब ५५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५५ करोडको भयो ।
१६५ कम्पनीको मूल्य बढ्यो भने १११ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज पनि बैंकिङ समूहले नै बजार बढाउन मद्धत गरेको छ । पूँजीकरण सबैभन्दा उच्च रहेको यो समूह नै सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ ।
नेप्सेका अनुसार आज विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ तथा व्यापार ०.९७ प्रतिशत बढेको छभने माइक्रोफाइनान्स ०.१८ र अन्य ०.३९ प्रतिशत घटेको छ ।
बैंकिङ समूहको पनि उल्लेख्य कारोबार देखियो । यो समूहका कम्पनीको कुल १ अर्ब ६५ करोडको कारोबार भयो । हाइड्रोपावर समूहको १ अर्ब ९८ करोडको कारोबार भयो । एभरेस्ट कलरको मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशत बढ्यो । माउन्टेन हाइड्रो नेपालको ३.४२, सिटी होटलको ३.०९, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१, हिमालयन डिस्टिलरीको २.७९, स्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत मूल्य बढ्यो ।
मानुषी लघुवित्तको मूल्य ८.००, मेन्छियाम हाइड्रोपावरको ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३.५१, मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशत घट्यो । मंगलबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको ५६१ रूपैयाँ ६० पैसामा ३२ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत बढेको हो । ग्लोबल आइएमई बैंकको २८२ रूपैयाँ ८० पैसामा ३० करोड ८३ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी २ समूहको घटेको छ । यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, एनएमबी बैंक क्रमशः अगाडि रहे ।








