FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

८ मंसिर, रुपन्देही । रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काममा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दकाअनुसार सोमबार बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा सेवाग्राहीलाई लक्षित गरी बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ का ४३ वर्षीय लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–२ का ५४ वर्षीय केशिराम खनाल, शुद्धोधन गाउँपालिका–८ का ३१ वर्षीय विजय क्षेत्री तथा पाल्पाको बगनासकाली गाउँपालिका–१ का ५३ वर्षीय प्रमोदराज श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यातायात कार्यालयमा आउने सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन तथा बिचौलियाको गतिविधि नियन्त्रण गर्ने उद्देश्यले उनीहरुलाई नियन्त्रणमा लिइएको चन्दले जनाए ।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान कार्य जारी रहेको चन्दले जानकारी दिएका छन्। यातायात कार्यालयमा हुने सेवाप्रवाहलाई पारदर्शी, सहज र बिचौलियामुक्त बनाउन प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय