९ मंसिर, काठमाडौं । बुधबार शेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५६ वटा कम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता शेयर किनबेच भए । ६ अर्ब १४ करोड बराबरको कारोबार भएको छ ।
बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको हो । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो । कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।
१७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहगत सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । अघिल्लो दिन वाणिज्य बैंक (बैंकिङ) सबैभन्दा धेरै बढेको थियो ।
बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे । माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।
उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ तथा कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत मूल्य घट्यो । बुधबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक कारोबार भयो ।
उक्त कम्पनीको २९१ रूपैयाँ १० पैसामा ३४ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ । कुमारी बैंकको २३८ रूपैयाँमा २२ करोड १९ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने बाँकी ३ समूहको घटेको छ ।








