FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालालाई दिएको छ ।

आज चुनदेवीमा बसेको देउवा पक्षीय नेताहरूको बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने सम्पूर्ण जिम्मेवारी कोइरालालाई दिने निर्णय गरेको नेता जीतजंग बस्नेतले जानकारी दिए ।

उनले भने, ‘ लगभग १५–२० वटा समिति छन् । ती समितिहरू गठन गर्नको लागि जिम्मा हामीले १५औँ महाधिवेशनका संयोजक डा. शशाङ्क कोइरालालाई दिएका छौँ । अब उहाँले भोलिसम्म संयोजकहरू निर्णय गर्नुहुन्छ, अनि त्यसपछि संयोजकहरू आएपछि आफ्नो कमिटीमा सदस्यहरू राखेर यो महाधिवेशनको सम्पूर्ण कामहरू थालनी गर्नुहुन्छ ।’

बस्नेतका अनुसार कोइरालाले भोलिसम्म विभिन्न समितिका संयोजकहरू चयन गर्नेछन् । त्यसपछि सम्बन्धित संयोजकहरूले आफ्नो समितिमा सदस्यहरू मनोनयन गरी महाधिवेशनको तयारीसम्बन्धी काम अघि बढाउनेछन् ।

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन समितिलगायत करिब १५ देखि २० वटा समिति गठन गरिने बस्नेतले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गरे । उनले पार्टीको विधान, संविधान, निर्वाचन आयोगका पूर्वनिर्णय, सर्वोच्च अदालतका नजिर तथा पार्टीको परम्पराका आधारमा आधिकारिकता आफूहरूले पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय