FLASH NEWS
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर ।

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग वैवाहिक जीवनको सुरुवात गरेका हुन् ।

रोहितले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । सार्वजनिक तस्बिरअनुसार उनीहरूको विवाह थाइल्यान्डमा सम्पन्न भएको हो ।

विवाहका तस्बिर सार्वजनिक भएसँगै रोहितलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनेहरूको संख्या बढेको छ । क्रिकेट समर्थक, शुभचिन्तक तथा विभिन्न व्यक्तिहरूले नवदम्पतीको सुखद वैवाहिक जीवनको कामना गरिरहेका छन् ।

नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएका रोहितको वैवाहिक जीवनको नयाँ सुरुवातलाई लिएर उनका समर्थकहरूले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय