FLASH NEWS
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर ।

१० मंसिर, काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर किनबेच भए । बजारमा ५ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ६ अर्ब १४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४८ करोडको भयो । ८६ कम्पनीको मूल्य बढ्यो भने १७९ को घट्यो । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । आज लगानी समूह मात्रै बढ्यो । सो समूहगत सूचक ०.७२ प्रतिशत बढ्यो भने अरु सबै घटे ।

अघिल्लो दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको थियो । बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पयृटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ तथा व्यापार १.५२ प्रतिशत घटे ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफको ४.००, हाथवे इन्भेस्टमेन्टको ३.९८, एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य बढ्यो । एभरेस्ट कलरको मूल्य ४.६०, सर्वोत्तम पेन्ट्सको ३.४८, स्टान्डर्ड चार्टर्ड बैंकको ३.४८, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत मूल्य घट्यो ।

बिहीबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २९१ रूपैयाँ ५० पैसामा २४ करोड १ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशत बढेको हो । दोस्रो पिपुल्स हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको ३८१ रूपैयाँ ९० पैसामा २२ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ । कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट तथा कुमारी बैंकको बढी कारोबार भयो । आज व्यापार समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय