FLASH NEWS
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) क्रिकेट विश्वकप–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाका कप्तान शाइतेजा मुकामालाले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् । पहिलो खेलमा नेपाल र अमेरिका दुवैले स्कटल्यान्डसँग डीएलएस पद्धतिका आधारमा दुई रनको हार व्यहोरेका थिए । नेपाल जित निकाल्दै शीर्ष चारको सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

हालसम्म २५ खेल खेलेको नेपाल १८ अंकका साथ सातौँ स्थानमा छ । यता, अमेरिका पनि घरेलु टोलीलाई निराश बनाउँदै शीर्ष स्थानमा फर्किने सोचमा छ । २५ खेल खेलेको अमेरिका ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय