मुक्तिनाथ विकास बैंक प्रमुख कार्यकारी अधिकृत (सिइओ)तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिले उनलाई सिइओ नियुक्त गरेको थियो ।
शुक्रबार मानन्धरले पदभार ग्रहण गरेका हुन् । बैंकिंङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्चकार्यकारी भूमिकामा रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मेडिया नेटवर्कको सिइओ रहेका थिए । उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाहरूले राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।






