रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभद्वारा आयोजित ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न भएको छ । ग्वार्कोस्थित रोयल ट्युलिपमा आयोजना भएको यस कार्यक्रम नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी साथ उत्साहजनक हिसाबले सम्पन्न गरिएको हो ।
कम्पनीको अनुसार यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनी सञ्चालक, रोयल इन्फिल्ड भारतका प्रतिनिधि तथा अल्फा अटोमोटिभका कर्मचारी सहभागी रहेको थियो । कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए । साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा उनीहरूले जोड दिएको बताइएको छ । दुई पाङ्ग्रे पर्यटन क्षेत्र विदेशी पर्यटक भित्र्याउने, ओझेलमा परेका पर्यटकीय गन्तव्यका प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको ठहर छ ।
अल्फा अटोमोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।






