FLASH NEWS
सर्च इन्जिन अप्टिमाइजेसन (SEO) भनेको के हो? प्रकार, महत्व र काम गर्ने तरिका । प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ, धर्म र राजनीति सँगसँगै अघि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन । अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह । एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित । प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीमा । सकियो एनपीएल–३ : यस्ता छन् रोचक तथ्य,रेकर्ड र पुरस्कार । ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ? । कात्तिकमा ६४ हजार दर्शनार्थीले गरे पाथीभरा दर्शन, भेटी झन्डै ५० लाख । आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने । प्रधानमन्त्री शाह आज भारतको भ्रमणमा जादै ।

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका छन् । शुक्रबार पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्क गाउँमा शुभ मुहूर्त गरेसँगै फिल्मको छायांकन थालिएको हो । मुहूर्तमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए ।

विजय र अञ्जना दोस्रो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् । यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’मा उनीहरूको सहकार्य भएको थियो । यसको व्यावसायिक सफलतापछि सोही फिल्मका निर्देशकले उनीहरूलाई एकसाथ पर्दामा ल्याउन लागेका हुन् । यस फिल्ममा कमलमणि नेपाल, लोकेन्द्र लेखक, उषा खड्गी, भोलाराज सापकोटालगायतको पनि अभिनय रहनेछ ।

३५ दिन छायांकन तालिका राखिएको फिल्ममा निर्देशक पौडेल स्वयंको कथा रहेको छ भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ । यो फिल्मले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय