FLASH NEWS
वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने ।

मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खाम्चाले जिर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारी दाखा समेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरी मोलमोलाइ गरी दुई लाख रुपियाँ लिएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रकम दुई लाख रुपियाँ कायम गरी जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय