FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ । बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।

बुधबार बसेको प्रतिनिधि सभाको आठौँ बैठकमा दुईवटा महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गरिएका छन् । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले व्यवस्थापन कार्यअन्तर्गतका विधेयकहरू सदनमा पेश गरेकी हुन् ।

मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेश गरिन् । त्यसैगरी, मन्त्री गौतमले नै ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि सदनसमक्ष प्रस्तुत गरिन् ।

२०८२ मा निर्वाचित प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत बुधबारको बैठकमा यी दुवै विधेयकहरूलाई प्रस्तुत गर्ने र अनुमति माग्ने चारवटा कार्यसूचीहरू रहेका थिए । ती सबै कार्यसूचीहरू पूरा भएपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय