FLASH NEWS
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण । दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै । यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य । आज महिला हिंसा उन्मूलन दिवस, त्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही । यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने । धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित ।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागद्वारा विकसित मोबाइल एप “मोफा मित्र” को परराष्ट्र मन्त्री शिशिर खनालले आज कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक शुभारम्भ गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

उनले “मोफा मित्र” एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरू र नेपाली नियोगहरूबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कन्सुलर सेवा सम्बन्धी गुनासा तथा समस्याहरूको प्रभावकारी सम्बोधनमा यस एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कन्सुलर सेवा विभागका महानिर्देशकदुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग निरन्तर क्रियाशील रहेको जानकारी दिइन्।

कार्यक्रममा “मोफा मित्र” एपका विशेषता तथा सञ्चालन प्रक्रियासम्बन्धी संक्षिप्त प्रस्तुतीकरण समेत गरिएको थियो।

 

“मोफा मित्र” एपमार्फत विदेशमा समस्या परेकारअलपत्र परेकारहराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता, मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दावी लगायत अन्य गुनासो तथा समस्या दर्ता गर्न सकिने र आफ्नो निवेदन उपर भएको कारबाहीको जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

साथै नेपाली नियोगहरूको सम्पर्क विवरण तथा नियोगले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी तथा सुरक्षा सूचना एवं कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू (एफएक्यू) तथा अन्य उपयोगी जानकारीहरू समेत समावेश गरिएको छ।

एण्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको यो एप सेवाग्राही तथा सरोकारवालाहरूले गुगल प्ले स्टोर तथा एप्पल एप स्टोर मार्फत डाउनलोड गरी उपयोग गर्न सक्नेछन्।

कार्यक्रममा परराष्ट्र मन्त्रालय तथा कन्सुलर सेवा विभागका अधिकारीहरू एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय