FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि सुरु भएको छ ।महोत्सव पाँच दिनसम्म ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा चल्नेछ ।

महोत्सवमा २९ देशका ५० भन्दा बढी देशको चलचित्र प्रदर्शनमा गरिने आयोजकले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र तथा साहित्य कथामा आधारित चलचित्र समेटिने छ।

‘नेपाल पनोरमा’ महोत्सवअन्तर्गतको खण्डमा नेपाली समाज र स्थानीय जीवनका कथालाई केन्द्रमा राखिएको छ । महोत्सव निर्देशक रम्यता लिम्बु अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा पनि गम्भीर संवादलाई प्राथमिकता दिएको छ।

महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ बाट भएको छ । अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्र र उत्कृष्ट फिचर फिक्सनलाई जनही १५०० अमेरिकी डलर तथा उत्कृष्ट छोटो वृत्तचित्र र छोटो फिक्सनलाई जनही १००० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

साथै नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि एक लाख रुपैयाँकै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय