FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा मनाइँदै छ ।

बिहानै मुस्लिम समुदायका मानिसहरूले स्नान गरी नजिकका मस्जिदमा गएर सामूहिक नमाज पढेका छन् । नमाजपछि एकअर्कामा शुभकामना साटासाट गर्ने परम्परा रहेको छ ।

काठमाडौंको नेपाली जामे मस्जिद र काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा भक्तजनको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार, अल्लाहको आदेश पालना गर्न इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । पछि अल्लाह खुसी भएर मानिसको सट्टा दुम्बाको बलि भएको विश्वास गरिन्छ। त्यसैले बकर इदमा मुस्लिम समुदायले जायज मानिएका जनावरको कुर्बानी दिने चलन छ ।

कुर्बानीको मासु तीन भागमा बाँड्ने परम्परा छ। एक भाग गरिबलाई, अर्को आफन्त र साथीभाइलाई, र बाँकी भाग परिवारले खाने गरिन्छ ।

मुस्लिम धर्मावलम्बीहरूले यो पर्व तीन दिनसम्म मनाउने गरेका छन् । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय