FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि अष्ट्रेलिया पुगेकी नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ। दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा उनको जीवन अन्त्य भएको हो।

सुष्माको मृत्युले एडिलेडबासी नेपाली समुदाय स्तब्ध छ। गैरआवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया सहितका संघसंस्थाले घटनाको पुष्टि गरेका छन्।

यो दुःखद घटनाबारे सुष्माका श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन्।

‘यो अप्रत्यासित त्रासदीले मलाई मर्माहत बनाएको छ। यति चाँडो र अचानक आफ्नो मान्छे गुमाउनु पर्दा असीमित पीडासँग संघर्ष गरिरहेछु’, विक्रमले लेखेका छन्।

आफ्नो र परिवारको राम्रो भविष्य निर्माणको सपना बोकेर उनी अष्ट्रेलिया पुगेको विक्रमले जनाएका छन्। ‘उनी अरुलाई दुःख पर्दा सहयोग गर्थिन्। हामीमा खुशी छरेकी थिइन्’, विक्रमले लेखेका छन्, ‘उनको यो विछोडले ठूलो रिक्तता अनुभूति भइरहनेछ, त्यो म शब्दमा व्यक्त गर्न पनि सक्दिनँ।’

उनको शव नेपाल ल्याउन तयारी थालिएको छ। श्रीमान तथा नेपालमा रहेका उनका बुवाआमाको इच्छा सुष्माको पार्थिव शरीर नेपाल ल्याउने र आफ्नै धर्म, परम्पराअनुसार अन्त्येष्टि गर्ने रहेको छ। यसका लागि नेपाली समुदायले गोफन्ड मार्फत पैसा उठाउने काम सुरु गरेको छ।

घटना पुष्टि भए पनि के कारणले सुष्माको निधन भएको हो भनेर कसैले खुलाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय