मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नेपालको संविधानको धारा १८४ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख कर्णले आर्थिक वर्ष २०८/र८४ को वार्षिक नीति तथा कार्यक्रममार्फत प्रदेशसभालाई सम्बोधन गर्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ।
यस पटकको बजेटका लागि नीति तथा कार्यक्रममै साना टुक्रे योजनाहरू निरुत्साहित गरिएको छ । साना टुक्रे योजनाहरू निरुत्साहित गरी एक करोडभन्दा माथिको बहुवर्षीय, गौरवको योजना र मझौला योजनाहरूमा जोड दिइएको नीति तथा योजना आयोगले जनाएको छ।






