FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी ४९ लाख ९९ हजार रुपैयाँमा पाउनेछन् भने यसको आधिकारिक मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । साथै, एक वर्षको निःशुल्क बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।

नेपालमा पहिले नै १,५०० भन्दा बढी युनिट बिक्री भइसकेको ओमोडा ई फाइभको सफलतापछि नयाँ ई फाइभ प्रो अझ उन्नत प्रविधि, आधुनिक डिजाइन र प्रिमियम सुविधासहित आएको हो ।

यस गाडीमा ५०.७ किलोवाट घण्टाको ब्याट्री, ९९ किलोवाट क्षमताको मोटर र २८८ न्यूटन मिटर टर्क रहेको छ । यसले करिब ३५० किलोमिटर दूरी (मापदण्ड अनुसार) पार गर्न सक्ने दाबी गरिएको छ । १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका ह्वीलले नेपाली सडकका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।

डिजाइनका हिसाबले यो गाडी अत्याधुनिक र आकर्षक छ । भित्री भागमा आरामदायी सिट, सनरुफ, उच्च गुणस्तरका सामग्री र ठूलो टचस्क्रिन डिस्प्ले राखिएको छ ।

सुरक्षाका लागि १९ भन्दा बढी स्मार्ट ड्राइभिङ सहयोग प्रणाली र ५४० डिग्री वरिपरि देख्न मिल्ने क्यामेरा प्रणाली जडान गरिएको छ ।
कम्पनीका अनुसार यो गाडी अब नेपालभरका शोरूममा बुकिङका लागि उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय