FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यो आईपीओको प्रारम्भिक बन्द मिति असार ८ गते तोकिएको छ । तर पूर्ण आवेदन नपरेमा यो अवधि असार १७ गतेसम्म बढाइनेछ । कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो ।

यसअन्तर्गत १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि वितरण भइसकेको छ । बाँकी २० प्रतिशतमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

त्यस्तै, कुल निष्कासनको २ प्रतिशत अर्थात ३४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । अब बाँकी १४ लाख २७ हजार ६ सय कित्ता सेयर सामान्य सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो ।

यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन तथा बैंक सुविधालाई ‘सीएआरई एनपी बीबी प्लस’ र अल्पकालीन बैंक सुविधालाई ‘सीएआरई एनपी ए फोर प्लस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड सन् २०१४ नोभेम्बर १६ मा स्थापना भएको सार्वजनिक लिमिटेड कम्पनी हो । यसले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना सन् २०२४ जुलाई ३१ देखि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय