FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार (नेप्से) मा सामान्य सुधार देखिएको छ । तीव्र उतारचढावकाबिच नेप्से परिसूचक २.५७ अङ्क ले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ ।

​आज बजार खुला भएदेखि नै उतारचढावपूर्ण रहेको थियो । सुरुवाती समयमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि बजार केही दबाबमा परेको देखिन्छ । यद्यपि, अन्तिम समयमा बजार हरियो सङ्केतसहित बन्द हुन सफल भयो।

​बजारमा आज कुल ३५६ वटा स्क्रिप्सको सेयर खरिदबिक्री भएको छ । दिनभरि भएका ४९ हजार २४८ वटा कारोबारमार्फत कुल ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ बराबरको कुल कारोबार भएको छ।

​बजारमा आज कुल १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। आज कारोबार भएका कुल १३ उपसमूहहरूमध्ये ७ वटा उपसमूहमा हरियाली छाएको छ भने ६ वटा उपसमूह ओरालो लागेका छन् । बजारमा आज होटल्स तथा पर्यटन उपसूचक ०.५४ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.६५ प्रतिशतले बढेका छन्।

अर्कोतर्फ, जीवन बीमा उपसमूह ०.३२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०.२४ प्रतिशतले ओरालो लागेका छन्। ​आज तीन वटा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उत्कृष्ट कमाउने कम्पनीहरूमा कालिञ्चोक हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत, सोपान फर्मास्युटिकल्सको १४.९८ प्रतिशत र अपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले बढेको छ।

​कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत शीर्ष स्थानमा रह्यो, जसको २८ करोड ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख रुपैयाँ र सिटी होटल लिमिटेडको १६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय