FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले कमी आएको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४५ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद(बिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ रहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय