FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ भदौ ललितपुर । सरु संगीत घर, टिकाथली, ललितपुरले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ । नेपाली आधुनिक गीत–संगीतको क्षेत्रमा विगत ६ दशकदेखि पु-याउँदै आएको अतुलनीय योगदानको कदरस्वरूप राणालाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाली गीत-संगीतको क्षेत्रमा योगदान पु¥याउने महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित पुरस्कारका लागि पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।

संगीतकार कोमल निरौलाको संयोजकत्वमा गठित स्वतन्त्र छनोट समितिले राणाको नाम पुरस्कारका लागि सर्वसम्मत रूपमा चयन गरेको हो । समितिमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा। रत्नमणि नेपाल र सदस्य-सचिव डेनी निरौला सदस्य रहेका छन् ।

राणा सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने दोस्रो साधक हुन् । यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलो पटक यो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेर नेपाली गीत-संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पूरा गरेका नेपाली महिला योग्य हुने व्यवस्था छ । यस वर्षको पुरस्कार असोज १० गते शनिबार सरु संगीत घरको छैटौँ वार्षिक कार्यक्रममा प्रदान गरिनेछ । महालक्ष्मी नगरपालिका-५, ललितपुरमा रहेको सरु संगीत घरले विगत ६ वर्षदेखि संगीतका क्षेत्रमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । संस्थामा हाल गायन तथा वाद्यवादनलगायत विभिन्न विधामा करिब १०० विद्यार्थीले संगीत शिक्षा लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय