FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल–२०२६’को ग्रान्ड फिनालेको मिति सारिएको छ ।

आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गरिएको जनाएको छ ।

यसअघि अगस्ट ३० का लागि तय गरिएको फिनाले अब सेप्टेम्बर ६ मा आयोजना हुने भएको छ । ग्वार्कोस्थित रोयल टुलिपमा साँझ ५ बजेबाट फिनाले सुरु हुनेछ । आयोजकले अगस्ट २८ मै फिनाले स्थगित गरिएको जानकारी गराए पनि नयाँ मिति भने आज सार्वजनिक गरेको हो ।

आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकप्रति समझदारी र सहयोगका लागि आभार व्यक्त गर्दै विपद्को यस अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।

फिनालेमा ८ महिला र ११ पुरुष गरी कुल १९ प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल–२०२१’ तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल–२०२४’का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक एवं फेसन डिजाइनर सुकनीता चौलागाईं तथा नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत एवं ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका छन् ।

कोरियन फेसन शोका परिचित अनुहार याङ युई सिङ फिनालेका लागि नेपाल आइसकेका छन् ।

‘फेस अफ नेपाल–२०२६’ अन्तर्राष्ट्रिय प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’ दक्षिण कोरियाको नेपालका लागि आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय