FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।

बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।

यस्तै, अभिनेत्री नीता ढुंगानाको ‘पार्वती’ दोस्रो स्थानमा रहेको छ । उक्त फिल्मले १ करोड ५८ लाख ४८ हजार ३१६ रुपैयाँ ग्रस आम्दानी गरेको छ भने ५४ हजार ७३५ टिकट बिक्री भएका छन् ।

प्रियंका कार्कीको ‘मास्टर्नी’ले ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस आम्दानी गरेको बोर्डको विवरणमा उल्लेख छ । उक्त फिल्मका १२ हजार २१७ टिकट बिक्री भएका छन् । त्यस्तै, ‘हली’ फिल्मले आइतबारसम्म २३ लाख २४ हजार २७० रुपैयाँ ग्रस कमाइ गरेको छ । उक्त फिल्मका ८ हजार ५२५ टिकट बिक्री भएको बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण प्रदर्शन सुरु भएदेखि आइतबारसम्म प्राप्त आधिकारिक ग्रस आम्दानी र टिकट बिक्रीका आधारमा तयार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय