FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३१ भदौ, काठमाडौं । नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को आज प्रिमियर आयोजना गरिएको छ । ललितपुरको पुल्चोकस्थित लाबिम मलमा रहेको क्यूएफएक्स सिनेमाजमा बुधबार साँझ ७ बजेदेखि चलचित्रको प्रिमियर सुरु भएको हो ।

कपनगढी सिनेमा प्रा।लि। र फिल्म र्क्यु नेपाल प्रा।लि।को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यो चलचित्र यही असोज २ गतेदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन् । अघिल्लो शृङ्खला ‘झिङ्गेदाउ’ले दर्शकको मन जित्न सफल भएका कारण यसको दोस्रो भागप्रति पनि दर्शक र चलचित्रकर्मीमाझ निकै चासो देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय