FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ असोज, काठमाडौं । रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड २०२६’ अन्तर्गतको ‘स्पोट्र्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित सम्पन्न भएको छ ।

‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’ पावार्ड बाइ र ‘निभिया’ सह–प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो । स्पोट्र्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो ।

प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोली ’डाँफे’ विजेता बन्न सफल भयो। क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए ।

त्यस्तै अन्य विधातर्फ रनिङ (दौड) मा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल रहे। स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ताले उपाधि चुमे ।

यस्तै फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले दोहोरो जित हात पार्दै आफ्नो दबदबा कायम गरिन् ।

सुन्दरीहरूले सौन्दर्य र बौद्धिकताका साथै खेलकुदमा पनि आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय