FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ असोज, काठमाडौं । भक्तपुरमा पहिलो पटक ठुलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ । आज (बुधबार) क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलन मार्फत आगामी मङ्सिर १२ मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन् । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

कुमा सागरसँगै कार्यक्रममा ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’ले प्रस्तुति दिनेछन् । विशेषगरी कुमा सागर एण्ड द ख्वपः ब्याण्डको प्रस्तुति भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ । कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ ।

‘म्युजिक जात्रा–ख्वपः’को मुख्य प्रायोजकको रुपमा ‘एक्सट्रीम एनर्जी ड्रिंक’ रहेको छ । कार्यक्रम हेर्न दर्शकले ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाएको छ ।

‘म्युजिक जात्रा–ख्वपः’लाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको छ । कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ । यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सीबीआरओलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

‘म्युजिक जात्रा–ख्वपः’ ले भक्तपुरको कला, संस्कृति र सङ्गीतलाई उत्सवका रूपमा प्रस्तुत गर्नुका साथै सामाजिक सहयोगमार्फत समुदायसँग जोडिने प्रयास गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय