२२ भदौं, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।
सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०२।१ अमेरिकी डलर र चाँदी ६५।८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






