FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ साउन, काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ । अर्थतन्त्रमा देखिएको सुस्ती र उपभोक्ता मागमा आएको कमीका बीच अटोमोबाइल बजारलाई चलायमान बनाउने तथा नयाँ प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको नाइमाले जनाएको छ ।

आयोजकका अनुसार यस वर्षको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रविधि र सेवाहरू प्रदर्शन गरिनेछन् । विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू प्रदर्शनीको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ ।

गत वर्षको तुलनामा यसपटक सहभागी ब्रान्डको संख्या उल्लेख्य रूपमा बढेको आयोजकको दाबी छ । अटोमोबाइल कम्पनीहरूले नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्न एक्स्पोलाई प्रमुख प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेपछि लन्च हुने सवारीसाधनको संख्या पनि बढेको हो ।

प्रदर्शनी अवधिभर विभिन्न ब्रान्डले विशेष छुट, एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ सुविधा तथा अन्य ग्राहकमुखी योजना सार्वजनिक गर्ने तयारी गरेका छन् । यसले नयाँ सवारी खरिद गर्न चाहने उपभोक्तालाई एकै स्थानमा विभिन्न विकल्पको तुलना र छनोट गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालको अटोमोबाइल क्षेत्रको ‘कुम्भमेला’का रूपमा समेत लिने गरिएको छ । बजारमा नयाँ प्रविधि भित्र्याउने, उपभोक्तालाई नवीनतम सवारीसाधनसँग परिचित गराउने तथा अटोमोबाइल व्यवसायमा उत्साह थप्ने उद्देश्यले आयोजना हुने यो प्रदर्शनीलाई यस वर्ष अझ भव्य बनाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय