FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । नेपालका लागि बेनेलीको आधिकारिक विक्रेता वैद्य ग्रुपले एसइई दिएका विद्यार्थीसहित सम्पूर्ण ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा छुट पाउनेछन् । ग्राहकले अब पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले २ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । जसमा कम्पनीले २ वर्षसम्म सम्पूर्ण लेबर चार्ज, ल्युब, इन्जिन आयल, आयल फिल्टर र फ्युल फिल्टर समेत निःशुल्क उपलब्ध गराउनेछ । त्यसैगरी, ग्राहकले ५ वर्षसम्म स्पेयर पाट्र्समा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

बेनेली नेपालका ब्रान्ड स्ट्राटेजिस्ट प्रशान्त खत्रीले विशेषगरी एसइई दिएका विद्यार्थी र युवा पुस्तालाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको बताए । ‘हामीले विशेषगरी एसइई दिएका विद्यार्थीहरू तथा युवापुस्तालाई लक्षित गर्दै यो योजना ल्याएका हौं । उत्कृष्ट डिजाइन, आधुनिक प्रविधि र आकर्षक मूल्यसहित अब बेनेली अझ धेरै नेपाली ग्राहकसम्म पुग्ने विश्वास लिएका छौं । ग्राहकलाई बिक्रीपछि पनि उत्कृष्ट सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय