पर्वतको कुश्मा नगरपालिका–८, परादीमा निमिषा यातायात प्रालिले सुविधायुक्त ‘होटेल चार्ज एन्ड चिल’ तथा निमिषा ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
भर्खरै मात्र सञ्चालनमा आएको होटल तथा चार्जिङ स्टेशनले विद्युतीय सवारीसाधन प्रयोग गर्ने यात्रुलाई लक्षित गर्दै एकै स्थानबाट खानपान, आवास र सवारी चार्जिङको सुविधा उपलब्ध गराउदै आएको संचालक नर बहादुर क्षेत्रीले बताएका छन् ।

‘होटेल चार्ज एन्ड चिल’मा यात्रुका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ भने आरामदायी बसाइका लागि आवासको समेत सुविधा रहेको छ। लामो दूरीको यात्रामा रहेका ईभी चालक तथा यात्रुले खाना खाने र आराम गर्ने क्रममा आफ्नो सवारीसाधन चार्ज गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ।
चार्जिङ स्टेशनमा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने फास्ट चार्जिङ सुविधा उपलब्ध रहेको सञ्चालक क्षेत्रीले बताए । यसले पर्वत हुँदै आवतजावत गर्ने ईभी चालकका लागि यात्राका क्रममा चार्जिङको सहज विकल्प थपिएको छ।
होटेल तथा चार्जिङ स्टेशन कुश्मा–८, परादीमा सडक छेउमै रहेकाले यात्रु तथा सवारी चालकलाई सहज पहुँच हुनेछ । होटल परिसरमा पार्किङको राम्रो व्यवस्थासमेत गरिएको छ।
निमिषा यातायात प्रालिको पहलमा खोलेको यस होटेल तथा चार्जिंङ् स्टेसनले होटल, खानपान, आवास र चार्जिङ सुविधालाई एउटै स्थानमा बाट सेवा दिने भएकोले पोखरा–बागलुङ हुँदै पर्वततर्फ यात्रा गर्ने ईभी प्रयोगकर्तालाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।
संचालक : नर बहादुर क्षेत्री
सम्पर्क : ९८५७६२३६९२
स्थान : कुश्मा नगरपालिका–८, परादी, पर्वत







