FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

६ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यालय प्रयोजनका लागि आवश्यक दैनिक सामग्री खरिद प्रक्रियामा ‘न्यू विज्ञान ईन्टरप्राईजेज’ लाई छनोट गरेको छ ।

मन्त्रालयले सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले गत भदौ २४ गते आह्वान गरेको सिलबन्दी दरभाउपत्र बमोजिम रितपूर्वक दर्ता भई म्यादभित्र प्राप्त भएका दरभाउपत्रहरूमध्ये न्यू विज्ञान ईन्टरप्राईजेजले पेस गरेको दरभाउपत्र न्यूनतम मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही ठहर भएको जनाएको छ ।

उक्त फर्मले मूल्य अभिवृद्धि कर बाहेक १० लाख ६५ हजार ७ सय ८५ रुपैयाँ कबोल गरेको छ । छनोट भएको फर्ममार्फत मन्त्रालयले कार्यालय प्रयोजनका लागि दैनिक आवश्यक सामग्रीहरू, मसलन्द तथा स्टेशनरी र विद्युतीय सामग्रीहरू खरिद गर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै दरभाउपत्रदातालाई जानकारीका लागि सूचना प्रकाशित गरिएको समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय