धितोपत्र बजारका सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २ अंकले ओरालो लागेर २ हजार ६४९ दशमलव ५१ मा पुगेको भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५५ अंकले ओरालो लागेर ४५७ दशमलव ६८ मा पुगेको भएको छ ।
कूल ३५९ कम्पनीको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबारका आधारमा ग्लोबल आइएमइ बैंकको डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ । यस्तै, ग्लोबल आइएमई बैंकको डिवेञ्चर, २०८४/८५,नेपाल बैंकको डिवेञ्चर २०८७, आँखुखोला जलविद्युत् कम्पनी र सिटी होटल शीर्ष स्थानमा छ ।






