FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक रूपमा शपथ ग्रहण गराएका हुन् ।

असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।

उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए । साथै, पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समाउन पुँजी बजारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि छोटोदेखि दीर्घकालीन कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि एक वर्षसम्मका स्पष्ट योजना प्रस्तुत गर्न निर्देशन दिए । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि आग्रह गरे ।

उनले,‘धेरै बोलेर होइन, काम गरेर प्रमाणित गर्नुपर्ने’ भन्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिए । साथै, मन्त्रालयबाट हस्तक्षेप नहुने तर हरेक हप्ता बजारको प्रगति विवरण बुझ्न चाहने बताए । कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको विश्वासअनुसार पुँजी बजार सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीकर्ताको हित, बजार विकास र आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दै विगतका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय