२१ असार, काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ४०० रुपैयाँले चाँदी तोलामा १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७५.०७ अमेरिकी डलर र चाँदी ६२.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






