FLASH NEWS
अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम । पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग थाइल्यान्डमा गरे विवाह । कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला । तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी । तोलामा १४०० ले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि । जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार । सामुहिक गिरफ्तारीको आव्हान गर्दै स्याङ्जामा पनि पत्रकारहरुले बिरोध प्रदर्शन । एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९१० जनालाई कारबाही । यस्तो छ, बिहीबार विदेशी मुद्राको विनिमयदर ।

३० असार, काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नेछन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय