FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले बार्षिक ७ प्रतिशत ब्याज पाइने गरी १० वर्ष अवधिका लागि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाइ व्यक्तिगत रुपमा बाँडफाँट गरिनेछ । यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिने छ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमा ५ प्रतिशत अर्थात ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने छ । ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

यसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय