शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा १५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०२७।०९ अमेरिकी डलर र चाँदी ५७।३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






