FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ। यसअघि आइतबार यही सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ कायम थियो।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला चाँदी ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ८१० रुपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिन यही परिमाणको चाँदी ३ हजार ७८० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय