स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ८०० रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३१० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ३२० रुपैयाँ कायम भएको थियो ।
गत मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।






