FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: १.२० अंकले घटेर बन्द भयो। अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम भने बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०४ प्रतिशतले घट्दै नेप्से २६८४.३३ विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.४९ अंकले बढेर ४७०.६३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१० प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.०७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.११ प्रतिशतले बढ्यो।

सेयरबजारमा सोमबार ३४९ कम्पनीको ६३ हजार ६४८ पटकको कारोबारमा एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १२६ कम्पनीका सेयरमूल्य बढे। १४१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा सात कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा पाँच समूहका सेयरमूल्य बढे भने बाँकी आठ समूहका सेयरमूल्य घटे।

जसअनुसार नेप्सेमा सोमबार वाणिज्य बैंक ०.२६ र विकास बैंक समूहको सूचक ०.२३ प्रतिशतले बढ्यो। फाइनान्स समूहको सूचक ०.२९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन ०.०१ र जलविद्युत् समूहको सूचक ०.०० प्रतिशतले बढ्यो। लगानी समूहको सूचक ०.१० प्रतिशतले घट्दा जीवन बिमा समूहको सूचक भने ०.०९ प्रतिशतले बढ्यो।

यसैगरी उत्पादन तथा प्रशोधन समूहको सूचक ०.५७ प्रतिशतले घट्दा लघुवित्त ०.३०‚ म्युचुअल फन्ड ०.४९ र निर्जीवन बिमा समूहको सूचक ०.३० प्रतिशतले बढ्यो। अन्य ०.८३ र व्यापार समूहको उपसूचक ०.९३ प्रतिशतले घट्यो।

नेप्सेमा सोमबार एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले भने ७.४० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको २७ करोड ६२ लाख ७८ हजार ११ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अगाडि रह्यो। सोमबार यसको सात लाख ३८ हजार ६१२ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम रह्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय