FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशत सम्म र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १० देखि २० प्रतिशतसम्म छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र कर्मचारीहरुले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालबाट प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालालभर २३१ शाखाहरु, २४६ एटिएम साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय